अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

मनसुन फेरी ३ दिन सक्रिय हुने, तीन दिनसम्म भारी वर्षाको संभावना, बाढी पहिरोको जोखिम

बिआरटीनेपाल २०७६ साउन ६ गते ८:०६ मा प्रकाशित

न्यूनचापीय रेखाका कारण आगामी तीन दिनसम्म फेरि देशभर मनसुन सक्रिय रहने बताइएको छ । जल वाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावको कारण पूर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको जन तथा मौसम पूर्वानुमान विभागले जनाएको छ ।

विभागले जारी गरेको विज्ञप्तिमा आगामी बुधबारसम्म देशभरको मौसममा वदली भइ धेरै ठाउँमा मनसुन सक्रिय रहने जनाएको छ । विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “तीन दिनसम्म देशभर सामान्यदेखि पूर्ण बदली अधिकांश स्थानहरूमा वर्षा हुने छ। देशका केही स्थानमा भारी वर्षा साथै एकदुई स्थानमा अती भारी वर्षाको हुने सम्भावना छ ।”

विभागले निकालेको विज्ञप्तिमा देशका पूर्व तथा मध्यका थोरै स्थानहरूमा साथै पश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख छ । जसका कारणले ती क्षेत्रका पहाडी भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलामा जल सतह हल्का बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ । यसका कारणले हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउनु पर्ने विभागले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार गएको २४ घन्टामा धनगडीमा ५६ मिलीमिटर पानी परेको छ । त्यसरी नै सबैभन्दा कम एक मिलिमिटर पानी डडेलधुरामा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू