अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३९ | Colorodo: 21:54

अमेरिकामा गीता आध्यात्मिक सम्मेलन २०१९ आयोजना गरिंदै

बिआरटीनेपाल २०७६ साउन ४ गते ०:२७ मा प्रकाशित

अमेरिकाको ओहायो राज्यको कोलम्बस शहरमा विश्व भुटानी हिन्दू संगठन र वैदिक सेवा समाज, कोलम्बसको संयुक्त आयोजनामा गीता आध्यात्मिक सम्मेलन – २०१९ गरिने भएको छ । जुलाई २६ देखि २८ सम्म आयोजित सम्मेलनमा १० राज्य र ती राज्यका १६ वटा धार्मिक संस्थाहरू सहभागी हुने बताईएको छ ।

कार्यक्रमका मुख्य आकर्षण सहरमा विभिन्न गुरुजन र मान्यजनबाट प्रवचन, विभिन्न शहरका भजन मण्डली वा धार्मिक संस्थाहरूबाट भजन प्रस्तुत, बालन र संगिनी र भजनमा नृत्यहरू, निःशुल्क गीता पुस्तक वितरण तथा पुरस्कार र उपहार वितरण छन् ।

भूटान, नेपाल र अमेरिका लगायत विश्वका विभिन्न मुलुकमा ज्यान गुमाएकाहरूको मुक्ति र मानसिक रुपमा अस्वस्थ भएकाको मानसिक शान्तिको कामना गर्न १०८ भागवत महापुराण पाठसहित आयोजना गरिने विश्वशान्ति महायज्ञ – २०२० का लागि संकल्प गर्नु रहेको आयोजकले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) का अनुसार अमेरिकामा पुनस्र्थापित करिब ९७ हजार भूटानीमध्ये सबभन्दा धेरै हिन्दू धर्मावलम्बीहरू ५५ हजार १ सय ६९ (९५७.४० प्रतिशत ) छन् भने २१ हजार १ सय ९३ बौद्ध धर्मावलम्बी (९२२.०५ प्रतिशत), १० हजार ४ सय ६६ इसाई (९१०.८९ प्रतिशत ) र ९ हजार २ सय ७७ किराँत धर्म (९९.६५ प्रतिशत) मान्नेहरू छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू