अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७ | Colorodo: 07:02

अमेरिकाको लुजियानामा भीषण वर्षासँगै आएको आँधीले जनजीवन प्रभावित

बिआरटीनेपाल २०७६ असार २९ गते १०:०८ मा प्रकाशित

अमेरिकाको लुजियानामा भीषण वर्षासँगै आएको आँधीले जनजीवन प्रभावित पारेको छ । प्रतिघण्टा १ सय १२ किलोमिटरको गतिमा आएको आँधीले जनजीवन अस्तव्यस्त पारेको हो ।

आँधीले थप वितन्डा मच्चाउन सक्ने भन्दै स्थानीय प्रशासनले सचेत रहन नागरिकलाई आह्वान गरेको छ । आँधीपछि बाढी आउन सक्ने भन्दै सुरक्षित स्थानमा जान सरकारले आह्वान गरेको हो । १ लाख मानिस सुरक्षित स्थानमा गइरहेको बताइएको छ ।

आँधी आएपछि त्यहाँका हवाई उडानसमेत बन्द भएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लुजियानामा आपतकाल घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू