अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५८ | Colorodo: 01:13

बेलायती युवराज चाल्र्सद्वारा गोर्खा सैनिकलाई तक्मा प्रदान

बिआरटीनेपाल २०७६ असार २७ गते ९:१८ मा प्रकाशित

बेलायती युवराज चार्लसले बेलायती सेनाको ‘ब्रिगेड अफ गोर्खाज’ का ४० सैनिकलाई तक्मा प्रदान गर्नुभएको छ । ७० वर्षीय युवराजले लन्डननजिकै केन्टमा रोयल गोर्खा राइफल्सको २५ औं वार्षिकोत्सवका अवसरमा रोयल गोर्खा राइफल्सको पहिलो बटालियनका सैनिकलाई तक्मा प्रदान गर्नुभएको हो ।

वान आरजीआरका दुई कम्पनी, थर्ड बटालियनको एक कम्पनी, प्यारासुट रेजिमेन्टसहित सयौं सैनिकमाझ युवराजले गोर्खालाई तक्मा प्रदान गर्नुभएको थियो । तक्मा पाउने सैनिकहरू अफगानिस्तानबाट फर्केपछि फोक्सटनस्थित सर जोन मुर ब्यारेकमा ड्युटीमा रहेका सैनिक छन् ।

आयोजित कार्यक्रममा बेलायतको राजगद्दीका उत्तराधिकारी युवराज चार्लसलाई गोर्खा सैनिकले माला लगाइदिएर स्वागत गरेका थिए । दुइटा विश्वयुद्धमा ४० हजारभन्दा बढी गोर्खाहरू बेलायतका लागि लड्ने क्रममा दिवंगत भएका थिए । तर भूपू गोर्खाहरू बेलायत सरकारले आफूहरूको योगदानको कदर नगरेको तथा पेन्सनमा भेदभाव गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू