अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५१ | Colorodo: 10:06

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ८ घण्टापछि सुचारु, यति एयरलाईन्सको विमान धावनमार्गबाट हटाईयो

बिआरटीनेपाल २०७६ असार २७ गते ९:०१ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ’ह्याङ्गर’ मा लगिएको छ । जहाज हटाएपछि त्रिभुवन विमानस्थलमा उडान सुचारु भएको छ ।

धावन मार्गबाट विमान बिहान ११ बजेर ५ मिनेटमा चिप्लिँदा दिनभर मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान ठप्प भएको थियो।

निरन्तरको प्रयासपछि विमानलाई निकालेर ह्याङ्गरमा लगिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू