अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३४ | Colorodo: 17:49

वासिङ्टन डिसीमा अचानक आएको बाढीले जनजीवन प्रभावित

बिआरटीनेपाल २०७६ असार २४ गते ७:५८ मा प्रकाशित

अमेरिकाको वासिङ्टन डिसीमा अचानक आएको बाढीले जनजीवन प्रभावित पारेको छ । एक्कासी आएको बाढीले सहर डुवानमा परेपछि आवतजावत गरिरहेकाहरु जोखिममा परेका थिए । ठूलो वर्षासहित आएको बाढीले कतिपय ठाउँमा सडक अबरुद्ध भएको थियो भने चालक बीच बाटोमै फसेका थिए ।

बाढीका कारण कतिपय स्थानका भूमिगत रेलमार्गमा खतरनाक डुवानको स्थिति देखिएको थियो । अन्डरपास गर्ने मार्गहरुमा २ मिटरसम्म पानी जमेपछि केही चालकलाई उद्धार गरेर बाहिर निकालिएको अधिकारीहरुले जनाएका छन् ।

बाढीका कारण राष्ट्रपति कार्यालय ह्वाइट हाउससमेत प्रभावित बनेको थियो । नेसनल आर्काइभ्स भवनमा पानी परेपछि बिजुली आपूर्ति अवरुद्ध भएको थियो । तर त्यहाँ राखिएका ऐतिहासिक अभिलेखहरु भने सुरक्षित रहेको बताइएको छ ।

मौसमसम्बन्धी निकाय नेसनल वेदर सर्भिसले अचानक बाढीको चेतावनी जारी गरेको छ । प्रहरीले मानिसलाई बाढी पसेका सडकमा नआउन सचेत गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू