अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२९ | Colorodo: 16:44

चीनद्वारा दक्षिण चिनियाँ समुद्रमा क्षेप्यास्त्र प्रहार – अमेरिका

बिआरटीनेपाल २०७६ असार १८ गते १०:०८ मा प्रकाशित

अमेरिकाले चीनलाई दक्षिण चिनियाँ समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै यसलाई ‘तर्साउने नियत’ भनेको छ ।अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल डेभ इस्टबर्नले स्पार्टी टापुनजिकै कुनै कृत्रिम संरचनाबाट क्षेप्यास्त्र प्रहार गरेको र चिनियाँ कदम सो क्षेत्रमा शान्ति स्थापना गर्ने दाबीविपरीत भएको बताउनुभयो ।

बेइजिङले सैन्य अभ्यास गरेको स्वीकारे पनि क्षेप्यास्त्र प्रहार गरे वा नगरेको केही जनाएको छैन ।ताइवान, फिलिपिन्स, ब्रुनाई, मलेसिया र भियतनामले उक्त विवादित क्षेत्र आफ्नो भएको दाबी गर्दै आएका छन् ।

चीनले ‘नाइन ड्यास लाइन’ भनिने ठूलो क्षेत्रमा अधिकार दाबी गरेर त्यहाँ कृत्रिम टापुमा सैन्य संरचनाहरू निर्माण गरिरहेको छ । बेइजिङले सैन्य अभ्यासका पाँच दिनका लागि स्पार्टी र पारासेल टापुबीचको क्षेत्रमा नआउन पानीजहाजलाई सचेत गराएको थियो ।अमेरिकाले क्षेत्रीय मामिलामा अनावश्यक उत्तेजना फैलाएको र हस्तक्षेप गरेको चीनको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू