अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४३ | Colorodo: 23:58

नेपाल र चीनको आगामी सहकार्य र सम्झौताबारे उच्चस्तरीय छलफल

बिआरटीनेपाल २०७६ असार १८ गते १०:०१ मा प्रकाशित

चीन भ्रमणमा रहनुभएका नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र त्यहाँका स्टेट कन्सुलर एवम् फरेन अफिर्यस अफ द पिपुलका मन्त्री वाङ यी बीच दुई देशीय सहकार्य र साझेदारकालाई लिएर छलफल भएको छ। बुधबार उहाँहरुबीचको छलफल नेपाल र चीनबीच आगामी दिनमा अघि बढाउन सकिने सहकार्य र सम्झौतामा केन्द्रित रहेको जनाईएको छ ।

त्यसअघि मन्त्री ज्ञवालीले चीनमा छात्रवृतिमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी र अन्य क्षेत्रका वुद्धिजीवीहरुसँग अन्तरक्रिया समेत गर्नुभएको थियो । चीनस्थित नेपाली दूतावासद्धारा आयोजित कार्यक्रममा उहाँले नेपाल सरकारको नीति विकास केन्द्रित रहेको र सरकारले हालै सुरु गरेको ‘ब्रेन गेन सेन्टर’लाई विकास गर्न खोजेको बताउनुभयो । बुधबार नै नेपाली दूतावासले आयोजना गरेको रिसेप्सनमा सहभागी हुनुभएका ज्ञवालीले चीनको डालियान शहरमा १६ देखि बुधबारसम्म आयोजित विश्व आर्थिक मञ्चको १३ औँ वार्षिक बैठकमा भाग लिनुभयो ।

यही आइतबार चीन जानुभएका मन्त्री ज्ञवालीले सोमबार ‘विश्व अर्थतन्त्रमा नयाँ अवसरहरुको खोजी’ शीर्षकको अनौपचारिक छलफलमा सहभागी हुनुभएको थियो । यस्तै सन् २०२० का लागि जि–२० कार्यसूची विषयको छलफल सत्रमा पनि मनत्री ज्ञवाली सहभागी हुनुभयो । मन्त्री ज्ञवालीले मगंलबार ‘जलवायु परिवर्तन भावी वित्तीय संकट र नयाँ शक्ति संलन विषयका अतिरिक्त सत्रमा नेपालका तर्फबाट सवोधन समेत गर्नुभएको थियो । मन्त्री ज्ञवाली असार २० गते स्वदेश फर्कने परराष्ट्रमन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू