अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२२ | Colorodo: 14:37

नाइजेरियामा इन्धन बोकेको गाडी दुर्घटनापछि विस्फोट, ४५ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ असार १८ गते ९:४८ मा प्रकाशित

अफ्रिकी मुलुक नाइजेरियामा इन्धन बोकेको गाडि दुर्घटनापछि भएको विस्फोटमा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । नाइजेरियाको मध्य क्षेत्रमा रहेको बेनु राज्यको ओहुम्बे गाउँमा इन्धन लिएर गुडिरहेको पेट्रोल गाडी दुर्घटनापछि त्यसबाट चुहिएको इन्धन जम्मा गर्न सडक भेला भएकाहरु दुर्घटनामा परेका हुन् ।

गाडि दुर्घटना भएपछि पोखिएको इन्धन संकलन गरिरहेका बेला विस्फोट भएको नाइजेरियाको आपतकालीन सेवा कार्यालयले जनाएको छ । विस्फोटमा १ सयभन्दा धेरै घाइते भएका छन् । नाइजेरियाका सडक सुरक्षा मामिला हेर्ने संघीय आयोगका कमान्डर अलियुबाबाले ४५ जनाको शव भेटिएको र अन्य १ सय जना घाइतेको उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिनुभएको छ ।

घाइते अधिकांशको शरीरका विभिन्न भाग जलेकाले मृतकको संख्या बढ्न सक्ने अस्पताल स्रोतलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू