अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१३ | Colorodo: 07:28

मेरी छोरी नै मेरो खुसीको मुहान

राकेश कार्की २०७६ असार १७ गते १७:३८ मा प्रकाशित

गीत

हे ए ए ए
उँ – उँ – उँ

मेरी छोरी नै मेरो खुसीको मुहान
गोधूलिको चन्द्रमा मिर्मिरे बिहान

औँला समाइ ताते गराइ
तोते बोली बोलेछु
छोरीसँगै खेलौनामा
धेरै बेर भुलेछु
संसारको सुख नै अब मेरो आँगन
मेरी छोरी नै मेरो खुसीको मुहान

कति सानी कति राम्री
रुँदा खेरि फकाउँछु
कथा हाली गुनगुनाइ
मायाले नै हसाउछु
सारा परिवारको ओठको मुस्कान
मेरी छोरी नै मेरो खुसीको मुहान

मेरी छोरी नै मेरो खुसीको मुहान
गोधूलिको चन्द्रमा मिर्मिरे बिहान