अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२८ | Colorodo: 21:43

इजरायली प्रहरीद्वारा प्यालेष्टिनी मन्त्री पक्राउ, सामान्य सोधपुछपछि रिहा

बिआरटीनेपाल २०७६ असार १५ गते ९:३६ मा प्रकाशित

इजरायली प्रहरीले जेरूसेलम मामिला हेर्ने प्यालेष्टिनी मन्त्रीलाई सामान्य सोधपुछका लागि आइतबार बिहान पक्राउ गरी केही घण्टापछि रिहा गरेको छ । मन्त्री फादी अल–हदामीलाई आइतबार बिहानै पूर्वी जेरूसेलमबाट पक्राउ गरिएको थियो । उहाँले इजरायली कानूनको बर्खिलाप हुनेगरी इजरायल–प्यालेष्टाइन सीमा क्षेत्रमा इजरायल विरोधी गतिविधिलाई प्रोत्साहन गरेको आरोपमा पक्राउ गरिएको हो ।

प्यालेष्टिनी मन्त्रीका वकील मोहम्मद जिबाराका अनुसार मन्त्री हदामीले चिलीका राष्ट्रपतिलाई अल–अस्का मस्जिद परिसरमा पुग्न सघाएको लगायत इजरायली कानून विरोधी गथिविधि गरेको आरोपमा सोधपुछ गरी रिहा गरिएको हो ।

गत मंगलबार चिलीका राष्ट्रपतिलाई प्यालेष्टिनी धार्मिकस्थल जाँदा साथमा लगेको बताइएको छ । सान्टियागोका राष्ट्रप्रमुखलाई सँगै लाँदा इजरायली समजदारीको उल्लङ्घन गरेको भन्दै सोधपुछ भएको इजरायली अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू