अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०१ | Colorodo: 14:16

इरान अमेरिकासँग कहिल्यै युद्ध चाहँदैन – राष्ट्रपति रौहानी

बिआरटीनेपाल २०७६ असार ११ गते ९:३६ मा प्रकाशित

इरानी राष्ट्रपति हसन रौहानीले इरानले अमेरिकासँग कहिल्यैपनि युद्ध गर्न नचाहेको बताउनुभएको छ । इरानी सरकारी सन्चारमाध्यमहरुले जनाएअनुसार इरान र संयुक्तराज्य अमेरिकाबीच तनाव चुलिएका बेला राष्ट्रपति रौहानीको यो अभिव्यक्ति आएको हो । पछिल्ला केही महिनायता यी दुई देशबीचको तनाव चुलिएको छ ।

इरानले हालैमात्र एक अमेरिकी ‘ड्रोन’माथि हमला गरेर इरानी भूमिमा खसालिदिएको थियो । त्यसपछि अमेरिका र इरानको विवाद झन् बढ्दै गएको छ । आफ्नो देशको सिमानाको उल्लंघन गरी विनाअनुमति आफ्नो भूमिमा प्रवेश गरेकाले हमला गरेर सो ड्रोन खसालिदिएको इरानले बताएको छ । तर, इरानको यो भनाइ सत्य नरहेको अमेरिकी दाबी छ । अमेरिकी ड्रोनले इरानको सिमाना ननाघेको अमेरिकाले बताउँदै आएको छ ।

पछिल्लो समयमा अमेरिकी ट्यांकरहरुमा इरानमा आक्रमण गरी जलाउने काम भएको छ । अज्ञात समूहहरुले अमेरिकी ट्यांकरहरुमा हमला गर्ने गरेका छन् । त्यस हिंसामा इरानको हात रहेको अमेरिकाले आरोप लगाउदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू