अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४४ | Colorodo: 10:59

गुठी विधेयकको खारेजीको माग गर्दै न्यूयोर्क र क्यानाडामा प्रदर्शन

बिआरटीनेपाल २०७६ असार ८ गते ९:४२ मा प्रकाशित

गुठी विधेयक खारेजीको माग गर्दै न्यूयोर्क र क्यानाडामा समेत प्रदर्शन भएको छ । बिधेयकको बिरोधमा विदेशमा रहेको नेपालीहरुले पनि सडकमा विरोध प्रदर्शन गरेका हुन् । अमेरिकाको न्यूयोर्क स्थित डाईभरसिटी प्लाजामा गरिएको प्रदर्शनमा गृहमन्त्री, संचार र भूमि सुधार मन्त्रीले माफी मागी राजीनामा दिनुपर्ने माग गरिएको छ । नेवाः गुठी न्यूयोर्क र नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले आयोजना गरेको विरोध सभाका सहभागीहरुले सरकारले विधेयक फिर्ता नगरेको भन्दै अन्तराष्ट्रिय रुपमा नै आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

वल्र्ड नेवाः अर्गनाईजेसनमका अध्यक्ष सिजन श्रेष्ठले विश्वभरी रहेको नेपालीले विधेयक खारेज गर्न सरकारलाई दबाब दिन आन्दोलन गर्ने बताउन्दै मौलिक गुठी परम्परालाई विश्व सम्पदा सुचीमा राख्ने यूनेस्कोको मुख्यालय, न्यूयोर्कमा छलफल र पहल गर्ने बताउनुभयो । नेवाः गुठीका उपाध्यक्ष विजयमान सिंहले अब विश्व भरका नेपाली असंवैधानिक गुठी विधेयक खारेज गर्ने एक भई संर्घष गर्ने चेतावनी दिनुभयो ।

यसै बीच, क्यानाडामा रहेको नेपालीहरुले पनि गुठी विधेयकको खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । क्यानेडियन नेवाः गुठीले गुठी विधेयकको विरोध गर्दै सरकारलाई चाँडै विधेयक खारेज गर्न र त्यसो नभए परिणाम नराम्रो हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू