अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०४ | Colorodo: 11:19

काठमाडौँमा सरकारविरुद्ध नागरिक खबरदारी

बिआरटीनेपाल २०७६ असार ७ गते ९:२२ मा प्रकाशित

लोकतन्त्रका लागि नागरिक खबरदारी अभियान स्वरुप आज (शनिबार) पनि काठमाडौँमा प्रदर्शन भएको छ । सरकारले पछिल्लो समय लोकतन्त्र विरोधी क्रियाकलाप गरिरहेको भन्दै त्यसको विरोधमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा नागरिक अभियन्ताहरु सहभागी छन् ।

उनीहरुले ‘नागरिक स्वतन्त्रताको सम्मान गर्न, सुशासनको प्रत्याभूति गर्न, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर्न, मानवअधिकार आयोगमाथिको हस्तक्षेप बन्द गर्न र न्यायालयको स्वतन्त्रता कायम गर्न माग गर्दै बिभिन्न माग सहितका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

प्रतिक्रिया