अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४१ | Colorodo: 20:56

साहित्यकार एवंम पत्रकार राई पोर्चुगलमा सम्मानित

बिआरटीनेपाल २०७६ असार ६ गते ८:३८ मा प्रकाशित

वाई.बी.गुरुङ, लिस्वोन, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का संस्थापक अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घ,युरोप शाखा अध्यक्ष केजिन राईलाई लिस्वानमा एक कार्यक्रमको बिच सम्मान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ,युरोप शाखाद्धारा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), पोर्चुगलका कार्यवाहक अध्यक्ष र संस्थाका महासचिव द्धय क्रमशः कृष्ण कँडेल “जिज्ञासु” र विनोद प्रसाद धिमाल “स्पन्दन” द्धारा खतक तथा प्रमाण पत्र द्धारा सम्मान गरेका थिए ।
नेपाली भाषा,साहित्यका क्षेत्रमा विगत २००३ देखी लागि पर्नु भएका राई पेसाले पत्रकार हुनुहुन्छ भने पछिल्लो समय नेपाल पत्रकार महासङ्घ, युरोप शाखाको नेतृत्व गरिरहनु भएको छ ।

पोर्चुगलको नेपाली डायस्पोरामा सबै भन्दा पहिलो संस्था सन २००३ मा पहिलो पटक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को स्थापना गरी नेपाली भाषा, साहित्य र पत्रकारिताको माध्यमबाट नेपाली डायस्पोरामा आफ्नो भूमिका अब्बल राख्न सफल हुनु भए बापत उहाँको नेपाली साहित्य र पत्रकारिता प्रतिको लगाव र योगदानको उच्च मूल्याङकन गर्दै सो सम्मान गरिएको कुरा अनेसास,पोर्चुगलले बताएको छ भने सन २००७ —२००९ दुई वर्षे कार्यकाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय सचिव पदमा समेत रहेर काम गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू