अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३८ | Colorodo: 20:53

नेपालको समृद्धिमा भारतको साथ – मुख्यमन्त्री योगी

बिआरटीनेपाल २०७६ असार ५ गते ४:३५ मा प्रकाशित

भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सुख र समृद्धिमा भारतको सधै साथ रहने बताउनुभएको छ । नेपाल फाउन्डेसनको संयोजनमा मुख्यमन्त्री निवासमा बुधबार साँझ नेपाली पत्रकारहरुसँगको भेटमा उहाँले नेपालको समृद्धि भए भारतसमेत सन्तुष्ट हुने बताउनुभयो ।

योगी आदित्यनाथले नेपालीका लागि भारत आवत–जावत गर्ने वातावरण तथा भन्सारको झन्झटलाई अझै सहज बनाउनेतर्फ आफुले भारतको केन्द्र सरकारसँग आग्रह गरेकोसमेत बताउनुभएको छ । सो अवसरमा फाउण्डेसनका संयोजक विकास ठाकुरले नेपाल र भारतको धार्मिक र सांस्कृतिक पर्यटनमा साझेदारीको आवश्यकता औंल्याउनुभयो । जवाफमा उहाँले भारतीय पर्यटकलाई नेपाल लैजानेतर्फ आफू लागिपर्ने बताउनुभयो ।

योगीले केही व्यक्तिहरुले नेपाल–भारत खुला सिमानाको फाइदा उठाउन भने खोजेको बताउँदै त्यसतर्फ भने दुबै पक्ष सजग हुनुपर्नेमा जोड दिनुभयो । नेपालीको स्वाभिमान बिश्वमा नै उच्च रहेको, नेपाल एक स्वाधिन र सम्प्रभुसत्ता सम्पन्न मुलुक भएको भन्दै योगीले प्रशंसा समेत गर्नुभएको छ ।। यस्तै नेपालीको धर्म, संस्कृतिसमेत वैश्विक पहिचान भएको उहाको ठहर थियो ।

उहाँले नेपालको पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्न भारतको दक्षिणतर्फका नागरिकसमेत हप्ता दिन लगाएर भए पनि नेपाल जाने गरेको आफुलाई जानकारीमा आएको बताउँदै धार्मिक पर्यटनमा बिश्वलाई नेपालले तान्न सक्नु पर्नेमा जोड दिनुभयो । छिटै भारतको गोरखपुरबाट नेपालका लागि बस सेवा संचालनको तयारी समेत भएको उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू