अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री थेरेसा मे बीच भेट

बिआरटीनेपाल २०७६ जेठ २८ गते ९:३३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती समकक्षी थेरेसा मेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटमा करिब आधा घण्टा भेटवार्ता भएको थियो । भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पराराष्ट्र सचिव शंकर बैरागी र बेलायतका लागि नेपाली राजदूत दुर्गाबादुर क्षत्री पनि सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओली जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सयौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गरेर सोमबार साँझ लण्डन पुग्नुभएको थियो । लण्डन पुगेलगत्तै प्रधानमन्त्री ओलीले साँझ अक्सफोर्ड युनियनको आयोजनमा अक्सफोर्ड विश्वविद्यालयमा आयोजित एक विशेष कार्यक्रममा नेपालको प्रजातन्त्र र विकासबारे विचार व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू