अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५७ | Colorodo: 02:12

नेपाल भ्रमण वर्षको सद्भावना दूतमा भारतीय बाबा स्वामी नियुक्त

बिआरटीनेपाल २०७६ जेठ २५ गते १०:११ मा प्रकाशित

सरकारले भारतीय मुलका योगगुरु बाबा स्वामीलाई नेपाल भ्रमण वर्षको सद्भावना दूतमा नियुक्त गरेको छ । तेस्रो हिमालय मार्ट उद्घाटन समारोहमा प्रधानमन्त्री केपी ओलीले बाबा स्वामीलाई दूतमा नियुक्त गरिएको प्रमाणपत्र प्रदान गर्नुभयो ।

४० वर्षअघि मध्य नेपालको कुनै हिमाली भेगमा लामो समय योग साधना गरेर हाल विश्वका २३ वटा मुलुकमा समर्पण मेडिटेशन विधिबाट योगा सिकाउँदै आएका बाबा स्वामी भम्रण वर्ष २०२० का लागि नियुक्त गरिएका छैटौं दूत हुनुहुन्छ । स्वामी अघि भम्रण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले विश्व विख्यात बडीबिल्डर रोली वीनक्लर, हङकङका सेफ ह्यान्ज एग्ली, जापानी लेखिका मारीको हायासी, क्याराभान फिल्मका निर्माता फ्रान्सेली नागरिक एरिक भ्याली र स्वीडेनका वातावरण अध्येता योहान अन्सट नेल्सनलाई दूतमा नियुक्त गरेको जानकारी दिनुभयो ।

यी दूतहरुले नेपालको प्रचारमा सघाउने अपेक्षा गरिएको छ । अगामी वर्ष मनाइने भम्रण वर्षमा नेपालले २० लाख पर्यटक भित्र्याउने लक्ष्य रोखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू