अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०३ | Colorodo: 16:18

राष्ट्रपति डोनाल्ड ट्रम्प जापान भ्रमणमा

बिआरटीनेपाल २०७६ जेठ ११ गते ६:४४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चारदिने औपचारिक भ्रमणका लागि शनिबार जापान पुग्नुभएको छ । जापान र अमेरिका दुवैतर्फका अधिकारीहरुले जापानका राष्ट्रपति सिन्जो आबे र अमेरिकी राष्ट्रपति ट्रम्पबीच अभूतपूर्व सम्बन्ध रहेको जनाएका छन् ।

भ्रमणकाक्रममा राष्ट्रपति ट्रम्पले जापानका नयाँ राजा नारुहितोलाई सोमबार भेट्ने कार्यक्रम तय भएको अधिकारीहरुले जनाएका छन् । यसअघिका राजाले स्वास्थ्यको कारण देखाउँदै पदत्याग गरेपछि जापानमा अहिले नयाँ राजाले जिम्मेवारी पाउनुभएको छ । सुमो शिखर सम्मेलनका लागि ट्रम्प जापान जानुभएको हो । जापानका प्रधानमन्त्री आबेले पनि हालै अमेरिकाको भ्रमण गर्नुभएको थियो ।

जापानका एकजना उच्च कूटनीतिक अधिकारीले दुई देशका शीर्ष नेताहरुको लगातारको भेटघाटले उनीहरुको सम्बन्ध अद्भूत छ भन्ने पुष्टि हुने दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू