अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२४ | Colorodo: 15:39

त्रिभुवन विमानस्थलबाट करोडौंको भारतीय जाली नोट बरामद, युनुस अन्सारीसहित चार पक्राउ

बिआरटीनेपाल २०७६ जेठ १० गते ८:०७ मा प्रकाशित

प्रहरीले करोडौंको भारतीय जाली नोटसहित चारजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । कतारको दोहाबाट काठमाडौं आएको कतार एयरवेजको जहाजमा आएका तीनजना पाकिस्तानीबाट करोडौँको भारतीय जाली नोट प्रहरीले बरामद गरेको हो ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका डिएसपी नारायण रञ्जीतकारका अनुसार तीनवटा सुटकेसमा जाली नोट ल्याइएको भेटिएको छ । रञ्जीतकारका अनुसार यसअघि जाली नोट प्रकरणमा जेल बसिसकेका युनुस अन्सारी उक्त नोट बुझ्न विमानस्थल पुगेका थिए । उनलाई पनि प्रहरीले विमानस्थलबाटै पक्राउ गरी हिरासतमा लिइसकेको छ ।

पक्राउ पर्दै छुट्दै भारतीय नक्कली नोटको कारोबार गरेको आरोपमा जेल परेर छुटेका युनुस अन्सारी २०७० माघ ११ गते पनि पक्राउ परेका थिए । नेपाल प्रहरीको विशेष टोलीले अन्सारीलाई ललितपुरको नख्खिपोटस्थित निवासबाट ३५ लाख भारतीय नक्कली भारुसहित पक्राउ गरेको थियो । त्यसबेला उनीसहित पाकिस्तानी नागरिक महसुद आलम, नेपाली नागरिक सुरेश आलेमगर र सोहेल खान पक्राउ परेका थिए ।

अन्सारी पटक पटक नक्कली भारतीय रुपैयाँ र लागूपदार्थको कारोबार गरेको आरोपमा पक्राउ परेका थिए । अन्सारीमाथि केन्द्रीय कारागारभित्रै भारतीय “सार्प सुटर”ले गोली हानेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू