अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४९ | Colorodo: 14:04

भारतको अरुणाञ्चल प्रदेशमा चरमपन्थी आक्रमण, सांसदसहित ११ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ जेठ ८ गते ८:२९ मा प्रकाशित

भारतको अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा भएको चरमपन्थी आक्रमणमा एक सांसदसहित ११ जनाको मृत्यु भएको छ । चरमपन्थीहरुले गरेको आक्रमणमा नेसनल पिपुल्स पार्टी (एनपीपी) का सांसद तिरोंग अबोसहित ११ जनाको मृत्यु भएको हो । तिरोंग अबो मेघालयका मुख्यमन्त्री कानराड संगमाको पार्टीका सांसद् हुन् ।

घटनामा विधायक अबोका छोराको पनि मृत्यु भएको बताइएको छ । सुरक्षा व्यवस्थाका साथ असमबाट अरुणाञ्चल जाँदै गरेका तिरोंग चरमपन्थीहरुको निशानामा परेका हुन् । खोनसा–देओमाली सडकमा ढुकेर बसेका बन्दुकधारीले उनलाई निशाना बनाएका हुन् । त्यस क्रममा दुई जना सुरक्षाकर्मीको समेत मृत्यु भएको छ ।

आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले नलिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू