अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपतिमा निर्वाचित

बिआरटीनेपाल २०७६ जेठ ७ गते ९:२७ मा प्रकाशित

विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको विडोडो पुनः राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ । जकार्ता शहरमा कडा सुरक्षाबीच मंगलबार अप्रत्यासित रुपमा निर्वाचन परिणाम घोषणा गरिएको हो ।

सत्तासिन राष्ट्रपति विडोडोले ५५.५ प्रतिशत मत प्राप्त गरी पुनः राष्ट्रपति पदमा विजयी भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोले ४४.५ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

निर्वाचन आयोगले मतगणना गरिसकेपछि मंगलबार बिहान विडोडोलाई पुनः राष्ट्रपतिमा विजय भएको घोषणा गरेको थियो । इन्डोनेसियाका ३४ वटा प्रान्तका १३० शहरमा मतगणना गरिएको आयोगले जनाएको छ । सन् २०१४ मा पनि विडोडोले ५३.१५ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी प्रबिवो सुबिआन्तोले ४६.८६ प्रतिशत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू