अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०५ | Colorodo: 06:20

धादिङ्गमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा ९ जनाको मृत्यु, २३ जना घाईते

बिआरटीनेपाल २०७६ जेठ ५ गते ८:२३ मा प्रकाशित

धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट काठमाडौं जादै गरेको बस त्रिशूली नदीमा बस खस्दा ५ जनाको घटनास्थलमा र ४ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा काठमाडौं थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, चन्द्रागिरिका ३६ वर्षीया सीता थपलिया, इलाम, कन्यामका २० वर्षीय विशाल गिरी, धादिङ, बेनिघाटका ४३ वर्षीय राजन आचार्य रहेका छन् । दुर्घटनामा ज्यान गुमाएका ५ जनाको सनाखत हुन सकेको छैन । घाइतेमध्ये २३ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्यको धादिङस्थित विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।

घाइते केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । झापाको काँकडभिट्टाबाट काठमाडौं जादै गरेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ६ बजेतिर त्रिशूली नदीमा खसेको थियो ।

बस सडकबाट करिब ६० मिटर तल नदीमा खसेको छ । दुर्घटनाअघि बसका चालक फेरिएको घाइतेहरुले बताएका छन् । नदीबाट बस निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू