अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२० | Colorodo: 02:35

लुम्बिनी भ्रमण वर्ष २०७६ शुरु

बिआरटीनेपाल २०७६ जेठ ४ गते ६:३३ मा प्रकाशित

लुम्बिनी भ्रमण वर्ष २०७६ शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार लुम्बिनीमा आयोजित एक बिशेष कार्यक्रमका बीच पानसमा दियो बालेर भ्रमण बर्षको शुभारम्भ गर्नुभएको हो । २५६३ औँ बुद्ध जयन्ती समारोहमा प्रदेश ५ सरकारले घोषणा गरेको अभियान शुभारम्भ गरिएको हो ।

यसैवीच, बुद्धजयन्ती मनाउन लुम्विनीमा स्वदेश तथा विदेशबाट भिक्षु, भिक्षुणी, उपसक, उपासिका, बौद्ध विद्वान र अध्येता आएका छन् । बुद्धजयन्तीका अवसरमा शनिवार बिहान मायादेवी मन्दिर मुख्य प्रवेशद्वार महलवारिबाट बाजागाजा सहित निकालिएको शोभा यात्रा पवित्र लुम्बिनी उद्यानमा प्रवेश गरी मायादेवी मन्दिरमा पुजाआजा गरि सभामा परिणत भएको थियो ।

पुजाआजापछि शोभायात्रा बुद्धजयन्ती मनाउने मुख्य समारोह स्थल नवनिर्मित सभाहलमा पुगेर टुंगिएको थियो । बुद्धजयन्तीका दिन बैशाख पूर्णिमाको अवसरमा लुम्बिनीमा निक्कै भिडभाड बढेको छ । स्वदेशी र विदेशी पर्यटकले लुम्बिनी भरिभराउ छ । बिहानदेखि नै लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्ने दर्शनार्थीको उस्तै घुइँचो लागेको छ ।

आयोजित लुम्विनी भ्रमण वर्ष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश ५का मुख्यमन्त्री शङ्कर पोखरेल लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू