अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 20:37

पेट्रोलियम पदार्थको मूल्य घट्यो

बिआरटीनेपाल २०७६ जेठ ४ गते ५:४४ मा प्रकाशित

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य समायोजन गरेको छ।

नयाँ मूल्य समयोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ।

इन्डियन आयल कर्पोरेसनबाट १६ मे २०१९ मा प्राप्त मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको भाउ घटाइएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । निगयमले खाना पकाउने एलपी ग्याँस र हवाइ इन्धानको मूल्य भने यथावात राखेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू