अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५८ | Colorodo: 08:13

अफगानी पत्रकारको गोली हानी हत्या

बिआरटीनेपाल २०७६ वैशाख ३० गते १०:०८ मा प्रकाशित

अफगानी टेलिभिजन प्रस्तोताबाट राजनीतिमा प्रवेश गरेकी मिना मंगलको राजधानी काबूलमा गोली हानी हत्या गरिएको छ । अफगानी राजनीतिज्ञ र महिला अधिकारकर्मीले उनको हत्याको सत्यतथ्यबारे छानबीन हुनुपर्ने माग गरिरहेका छन् ।

मुख्य कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले पत्रकारको हत्यारा जसरी पनि पत्ता लगाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पुलिसले यसबारे अनुसन्धान गरिरहेको छ तर उनको हत्याको पछाडि के उद्देश्य हुनसक्छ भनेर पत्ता लाग्न सकेको छैन ।

घटनापछि गृहमन्त्रालयले जारी गरेको वक्तव्यमा अफगानिस्तानको संसदको सांस्कृतिक मामला आयोगमा सल्लाहकारको भूमिका निभाइरहेकी उनी काममा जाँदै गर्दा उनलाई गोली हानिएको बताइएको छ । अफगानिस्तानको सर्वोच्च अदालत एवं नागरिक समाजले उनको हत्याको गम्भीर अनुसन्धानको माग गरेका छन् ।

मंगलले ११ दिन अघिमात्रै आफ्नो फेसबुक पेजमा ज्यान मार्ने धम्की पाएको महिला अधिकारकर्मी वाहज्मा फ्रोगले ट्वीटरमा जनाएकी छिन् । धम्की किन दिइयो भनेर स्पष्ट जानकारी नपाएपनि पुलिस प्रवक्ताले रोयटर्सलाई पारिवारिक कलहमाथि पनि अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू