अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

नेपाली कृषि उत्पादन आयात गर्न भियतनाम सहमत

बिआरटीनेपाल २०७६ वैशाख २९ गते ९:२४ मा प्रकाशित

भियतनामले नेपालबाट उत्पादित कृषि बस्तु आयात गर्न सहमत भएको छ । भियतनामको भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी न्युग्यन सुआन फुकविच भएको भेटवार्तामा सो सहमति भएको हो ।

प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डललाई त्यहाँको राष्ट्रप्रमुख निवासमा शनिवार भब्य स्वागत गरिएको थियो । स्वागतपछि ओली र समकक्षी न्युग्यन सुआन फुकबीच वार्ता भएको थियो । वार्तापछि दुवै पक्षले १६ बुदे सयुक्त वक्तव्य निकालेका छन् । भेटवार्तापछि दुवै देशका विदेश मन्त्रीबीच व्यापार र लगानीका क्रममा हुने भ्रमण भिसा तथा पासपोर्टका विषयमा सहमतिमा हस्ताक्षर भएको छ ।

त्यस्तै भेटमा नेपाली सामग्री भियतनाम निर्यात गर्ने, भियतनामका लगानीकर्ताले नेपालमा लगानी गर्ने विषयमा छलफल भएको र भियतनामले सकरात्मक प्रतिक्रिया दिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भियतनामले नेपाली सामाग्रीहरुलाई आफ्नो बजारमा ल्याउने सहमति भएको छ भने नेपालले भियतनामी लगानीकर्ता र उत्पादक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्न सहमत भएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू