अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५५ | Colorodo: 16:10

आन्तरिक उत्पादन वृद्धि गर्न राष्ट्र बैंकको सरकारलाई सुझाव

बिआरटीनेपाल २०७६ वैशाख २६ गते ९:३३ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको हो ।

संघीय संसदको अर्थ समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्षको ‘प्रि बजेट’ छलफल कार्यक्रममा बोल्दै उहाँले मुलुकमा बढदो व्यापार घाटालाई कम गर्न पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन वृद्धिमा जोड दिनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो । मुलुकमा हाल ७ खरव ८७ अरव व्यापार घाटा रहेको छ । गभर्नर नेपालले विप्रेशनको भर नपर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

गभर्नर नेपालले मुलुकमा आर्थिक गतिविधिलाई बढावा दिन पूँजीगत खर्च बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । चालू आर्थिक वर्षको हालसम्म संघीय सरकारले ३५ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको छ । गभर्नर नेपालले पूँजीगत खर्च बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग आग्रह गर्नुभयो । गभर्नर नेपालले पूँजीगत खर्च बढाउने काम नगरे मुलुकमा आर्थिक गतिविधिले बढावा नपाउने पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू