अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४६ | Colorodo: 01:01

आयल निगमलाई विद्यार्थी संगठनको एक हप्ते अल्टिमेटम

बिआरटीनेपाल २०७६ वैशाख २२ गते ९:५४ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले विद्यार्थीहरुलाई सहुलियत दरका खाना पकाउने ग्याँस उपलब्ध गराउने सहमति कार्यान्वयन गर्न सरकारलाई एक हप्ते अल्टिमेटम दिएका छन् ।

अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले आज विद्यार्थीहरुलाई  विगतमा पटक–पटक गरिएका सहमति कार्यान्वयन गर्न एक हप्ते अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई बुझाएका हुन् ।

सहमति कार्यान्वयनका लागि सरकारलाई एक हप्ते अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाइएको अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जानकारी दिनुभयो । उहाँले एक हप्ता भित्र पनि आफूहरुको सो माग पूरा नभए सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी पनि दिनुभयो ।

त्यसैगरी ध्यानाकर्षण पत्रमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि नहुने गरी भ्रष्टाचार नियन्त्रण गर्न पनि निगमको ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू