अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२७ | Colorodo: 21:42

सरकार विरुद्ध आन्दोलन चर्काउन कांग्रेस सभापति देउवाको उद्घोष

बिआरटीनेपाल २०७६ वैशाख ६ गते ९:३५ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले ओली सरकार विरुद्ध आन्दोलन चर्काउने वेला आएको बताउनुभएको छ । नेपाली कांग्रेस सार्दीखोला इकाई कास्कीद्धारा निर्मित बीपी स्मृति भवनको शुक्रवार उद्घाटन गर्दै सभापति देउवाले सो कुरा बताउनुभएको हो ।

सभापति देउवाले वर्तमान सरकारका कारण आम नागरिकले दुःख पाएको समेत आरोप लगाउनुभयो । वर्तमान सरकार आएपछि देशमा हत्य हिंसा र वलात्कारका घटना भईरहेको उल्लेख गर्दै उहाँले तर सरकारले अपराधीलाई कुनै कारवाही नगरेको बताउनुभयो । बर्तमान सरकार लाचार वनेको वताउँदै अव कांग्रेसले खवरदारी गर्ने देउवाको भनाई थियो । पार्टी भित्रका मनमुटाव हटाउँदै पार्टीलाई संगठित पार्ने काममा पनि आफू लागि परेको उहाँको दावी थियो ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य धनराज गुरुङले मुलुक अहिले दुइ तिहाईको चंगुलमा फसेको बताउनुभयो । उहाँले वालुवाटारको जग्गा समेत हडप्ने कम्युनिष्ट नेताहरु इतिहासमा कलंक सावित भएको टिप्पणी गर्नुभयो । वर्तमान प्रधानमन्त्री ओली मिठो वोलेपनि चरित्र र व्यवहार भ्रष्ट भएको उहाँको आरोप थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू