अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३२ | Colorodo: 21:47

ठूला करदाता कार्यालयले एनसेलसँग माग्याे ३९ अर्ब कर, ७ दिनकाे म्याद

बिआरटीनेपाल २०७६ वैशाख ३ गते ९:५८ मा प्रकाशित

ठूला करदाता कार्यालयले एनसेल प्रालिलाई ३९ अर्ब ६ कराेड रुपैयाँ कर भुक्तानी गर्न भनेकाे छ। तीन शीर्षकमा उसले ६२ अर्ब ६३ कराेड कर निर्धारण गरेकाेमा पहिले दाखिला गरेकाे रकम घटाई साे रकम सात दिनभित्र भुक्तानी गर्न भनेकाे हो।

कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै आयकर ऐनबमाेजिमा कर ३५ अर्ब ९१ कराेड, शुल्क १८ अर्ब ३३ कराेड र व्याज आठ अर्ब ३९ कराेड निर्धारण गरिएको जनाएको छ। याे रकममध्ये एनसेलले अहिलेसम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ कर बुझाइसकेको छ। अब सात दिनभित्र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७१ पैसा बुझाउनु पर्ने हुन्छ।

सर्वोच्च अदालतको पूर्णपाठ आएलगत्तै कार्यालयले एनसेल प्रालि बिक्रीमा लाग्ने पूँजीगत लाभकर निर्धारण गरेको हाे। अदालतले तीन महिनाभित्र कर निर्धारण गरी उठाउन सरकारलाई आदेश दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू