अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५० | Colorodo: 22:05

पोर्चुगलमा नेपाली नयाँ वर्ष २०७६ भव्य रूपमा मनाइयो

वाई बि गुरुङ २०७६ वैशाख २ गते १८:१९ मा प्रकाशित

लिस्वोन, पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूले राजधानी लिस्वोनमा एक भव्य सांस्कृतिक कार्यक्रम साथमा बार्बिक्यु गरी नेपाली नयाँ वर्ष विक्रम सम्वन २०७६ लाई भव्य रूपमा स्वागत गरी मनाए ।

विविधतामूलक नेपालको सामूहिक पहिचान झल्किने विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको उक्त कार्यक्रममा एक आपसमा शुभकामना आदान प्रदान गर्नुका साथै नाच गान गरी भव्य र खुसीयाली साथ नयाँ वर्ष मनाइयो ।

नेपाल आदिवासी जनजाति महासङ्घ,पोर्चुगलले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि गैर आवासीय नेपाली सङ्घ,अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य पेम्वा शेर्पा, विशिष्ट अतिथि गैर आवासीय नेपाली सङ्घ, पोर्चुगलका उपाध्यक्ष नारायण काजी थापा, लिस्वोनका लागि नेपाली अवैतनिक वाणीज्यदूत मकार बहादुर हमाल, नेपाली पर्यटन दूत रमेश कुमार गुरुङ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), पोर्चुगलका अध्यक्ष वाई.बि.गुरुङ, नेपाली नारी समाज, पोर्चुगलकी अध्यक्ष जय कला राई, तमु समाज, पोर्चुगलका अध्यक्ष प्रितम गुरुङ, मगर समाज, पोर्चुगलका अध्यक्ष चोप कुमार राना मगर, तामाङ समाज, पोर्चुगलकी अध्यक्ष सुनिता ब्लोन तामाङ, शेर्पा एसोसिएसन, पोर्चुगलका अध्यक्ष ओङ्गेल लामा, नेपाली सङ्घीय समाजवादी फोरम (नेफोसो), पोर्चुगलका अध्यक्ष सोम फुरी शेर्पा, गैर आवासीय नेपाली सङ्घ, पोर्चुगलका संरक्षक परिषद् सदस्य रोवर्ट लिम्बु, अन्तर्राष्ट्रिय नेपाली समाज (नयाँ शक्ति), पोर्चुगलका अध्यक्ष धनराज शेर्पा, नेपाली जनप्रगतिशील मोर्चा, पोर्चुगलका महासचिव प्रवीण अधिकारी, नेपाल कलाकार मञ्च युरोप उपाध्यक्ष भवगवान भुजेल, नेपाल पत्रकार महासङ्घ, युरोप शाखाका महासचिव र सचिव द्धय योगेन्द्र मिलन छन्त्याल र पेम्वा गेलु शेर्पा आदि लगायत विभिन्न सङ्घ संस्थाका पदाधिकारीहरूले शुभकामना मन्तव्य राखेका थिए ।

सम्पूर्ण नेपालीहरूको छाता सङ्गठन गैर आवासीय नेपाली सङ्घ, पोर्चुगलले नेपालका आदिवासीहरूको मौलिक संस्कृतिलाई र देश चिनाउने कार्यक्रम “नेपाल महोत्सव २०१९” कार्यक्रममा नेपालका आदिवासीहरूको समतामूलक सहभागितालाई अस्वीकार गरेका कारण नेपाल आदिवासी जनजाती महासङ्घ, पोर्चुगलले छुट्टै कार्यक्रमको आयोजना गरी नेपाल झल्को दिने गरी पञ्चे बाजा, लोक दोहोरी, कौडा, सालैज्यो, आदि गीत मार्फत कलाकारहरू तेज गाहा मगर, सुवास पुन मगर, गीता रेउले आदि लगायतका कलाकारहरूले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।

उक्त शुभकामना आदान प्रदान कार्यक्रममा आदिवासी जनजाति महासङ्घ,पोर्चुगलका उपाध्यक्ष हेम गुरुङ्गद्धारा स्वागत र कार्यक्रम महासचिव मदन लिम्बुले सञ्चार गरेका थिए भने कार्यक्रमको अत्यमा कार्यवाहक अध्यक्ष तथा शुभकामना आदान पर्दा कार्यक्रमका सभापति राजेन्द्र शेर्पाले “गैर आवासीय नेपाली सङ्घ,पोर्चुगलको हालको कुवेर कार्कीको नेतृत्व माथि प्रश्न उठेको बताउँदै निर्णय एनआरएनए, पोर्चुगलमा तिन दर्जन भन्दा बढी कार्यसमिति भएको सक्षम होला भन्ठानेको होइन पो रहेछ” एन आरएनएले गर्नु पर्ने निर्णय बाहिरी एक दुई जना व्यक्तिले गर्ने हो भने किन चाहियो यो एनआरएनए ? भन्दै नेत्रुत्वको कटु आलोचना गरेका थिए ।

“नेपाल महोत्सवमा नेपाल चिनाउने भनेर कार्यक्रमको आयोजना गरिएको भए पनि ब्याबहारत त्यस्तो नपाइएको र बहुधार्मिक, बहुजाती, बहुभाषी, बहुसांस्कृतिक विविधतामा एकता भएको सुन्दर नेपालका बारेमा विदेशी सामु गलत सूचना प्रवाह गरी एकल जातीय, एकल धर्मको मात्र प्रचारप्रसार गर्ने गरी एकोहोरो रूपमा कार्यक्रम गर्ने र आदिवासीहरूको पहिचानलाई सम्बोधन गर्न चुकेको र आदिवासी जनजाति महासङ्घ,पोर्चुगलले यो कुरा सच्याऊ अनि सँगै मिलेर नेपाल चिनाउने कार्यक्रम गरौँ भन्दा गैर आवासीय नेपाली सङ्घ, पोर्चुगलका अध्यक्ष कुवेर कार्की र अन्य पदाधिकारीहरू सँग विभिन्न चरणमा वार्ताहरू भएका थिए तर उनीहरूको हाम्रो प्रस्तावलाई ठाडै अस्विार गर्दै तिमीहरू विना पनि नेपाल महोत्सव सफल पार्न सक्छौँ भन्दै एकोहोरो दम्भ र रवैया देखाएकाले आदिवासी जनजाति महासङ्घ,पोर्चुगलले यो कार्यक्रममाको आयोजना गरेको” प्रस्ट पारेका थिए ।

कार्यक्रममा नेपाल पर्यटन दूत रमेश कुमार गुरुङले “विना स्वार्थ आफूले सामाजिक कार्य गर्दै आएको र पोर्चुगलको नेपाली डायस्पोरा हिजो भन्दा आज झन् सजिलो बन्दै गएको र आदिवासीहरूले हरेक क्षेत्रमा नेतृत्व र आफ्नो प्रगति गर्नु पर्ने बताउँदै आगामी दिनमा आफ्नो संस्थागत वा व्यक्तिगत रूपमा सदैव सहयोग रहने कुरा बताएका थिए ” ।

कार्यक्रममा आदिवासी जनजाति महासङ्घ,पोर्चुगलका अध्यक्ष स्वर्गीय नरभूपाल राई र हालै मात्र निधन भएका स्यांजाका युवक विदुर रेग्मीप्रति एक मिनेट मौन धारण गरिएको थियो भने नेपाल सम्झँदै नेपाली राष्ट्रिय गीत र आदिवासी गीत बजाइएको थियो ।

उक्त कार्यक्रममा हालै सम्पन्न नेपाली नारी समाज, पोर्चुगलकि नवनिर्वाचित अध्यक्ष जय कला राईलाई विशेष सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू