अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३२ | Colorodo: 11:47

“प्रधानमन्त्री ओलीको अभिव्यक्ति आपत्तिजनक”– नेपाली काँग्रेस

बिआरटीनेपाल २०७६ वैशाख २ गते ९:५० मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि आपत्ति जनाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर सरकारले एक वर्षमा वुद्धिजीवि, पत्रकार र विपक्षीलाई धम्की दिने काम गरेको समेत बताएको छ ।

काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई आपत्तिजनक रहेको ठहर गरेको छ । पत्रकार सम्मेलनमा उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साएको आरोप समेत लगाउनुभयो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रवक्ता शर्माले बालुवाटारको ललिता निवासको जग्गा काण्डमा मुछिएका सत्तारुढ पार्टीका महासचिव विष्णु पौडेलमाथि प्रधानमन्त्री कस्तो कदम चाल्छन् हर्न बाँकी रहेको टिप्पणी गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीलाई जिम्मेवार भएर देशको नेतृत्व गर्न आग्रह पनि गर्नुभएको छ । अघिल्लो वर्ष जे जस्तो भए पनि नयाँ वर्षमा जिम्मेवार अभिव्यक्ति र जिम्मेवार व्यवहार गर्न प्रधानमन्त्रीलाई कांगे्रसको आग्रह गरेको प्रवक्ता शर्माको भनाई थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू