अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१२ | Colorodo: 01:27

अस्ट्रेलियाको एडीलेडमा नेपाल महोत्सव

बिआरटीनेपाल २०७६ वैशाख १ गते ९:५३ मा प्रकाशित

अस्ट्रेलियाको एडीलेडको पर्यटकीय क्षेत्र लाईट स्क्वायरमा नेपाल महोत्सवको आयोजना गरिएको छ । सुरू भएको छ । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया साउथ अस्ट्रेलिया राज्य समितिको र अन्य स्थानीय संघ संस्थाको सहकार्यमा महोत्सवको आयोजना भएको हो । एनआरएन अस्ट्रेलियाको गतिलो ट्रेड मार्क बनेको नेपाल महोत्सव नेपाली कला संस्कृतिसँगै मुलुकको पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण मानिन्छ । यस्ता महोत्सवले देशको पर्यटन प्रर्वधनमासमेत ठूलो महत्व बोकेको एनआरएनका अध्यक्ष टोनु गोथानेले जानकारी दिनुभयो ।

‘वन कन्ट्री, मेनी स्टोरीज’ नारा रहेको नेपाललाई विश्वभर चिनाउने विश्वास लिईएको छ । कार्यक्रममा नेपालबाट बद्री पंगेनी, जीवन शर्मा र कर्ण दासजस्ता लोकप्रिय कलाकारको प्रस्तुति रहेको छ । महोत्सवमा करिब तीन हजार नेपाली दर्शक र अस्ट्रेलियनको समेतको बाक्लो सहभागिता रहेको जनाईएको छ ।

सन् २००६ देखि सुरू गरिएको नेपाल महोत्सवको यो सातौं संस्करण हो । नेपाल र नेपालीलाई अस्ट्रेलियाको मूल प्रवाहको समुदायसँग परिचित गराउनु यो फेष्टिभलको मुख्य उद्देश्य रहेको एनआरएन अस्ट्रेलियाका प्रवक्ता डिला खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू