अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१९ | Colorodo: 15:34

फेवा नववर्ष महोत्सव सम्पन्न

बिआरटीनेपाल २०७६ वैशाख १ गते ९:३२ मा प्रकाशित

पोखरा स्थित फेवा तालको किनारमा आयोजित १६ औ फेवा नब बर्ष २०७६ सम्पन्न भएको छ । खाना, संस्कृति र संगीत भन्ने नाराका साथ आयोजित महोत्सव गत चैत २९ गतेबाट लेकसाइड स्थित कोमागाने पार्कमा सुरु भएको थियो । आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्दै फेवा तालको संरक्षणमा सचेतना फैलाउने उद्धेश्यसाथ यो महोत्सव आयोजना गरिएको महोत्सवको संयोजक विकल तुलाचनले जानकारी दिनुभयो ।

महोत्सवका अवसरमा आयोजित झाँकी प्रतियोगितामा बाँझापाटन तमु समाज प्रथम भएको छ । प्रतियोगितामा ताङतिङ दूधपोखरी तमु समाज द्वितीय र सिमाना मार्ग मिलन भजन समूह तृतीय भएका छन् । क्षेत्री महिला समाजले सान्त्वना स्थान हासिल गरेको छ ।

यसैगरी महोत्सवकै अवसरमा आयोजित आमा समूहहरुको प्रस्तुतीमा भने देवीस्थान भलछोपुवा आमा समूह प्रथम, अन्नपूर्ण आमा समूह द्वितीय र सक्षम आमा समूह तृतीय भएका छन् । गाईघाट आमा समूह भने प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्न सफल भएको छ । दुबै प्रतियोगितामा गरी कूल ३६ समूहले भाग लिएको महोत्सवका प्रचार संयोजक एवं आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका महासचिव गणेशराज पहारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू