अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१५ | Colorodo: 12:30

दक्षिण कोरियामा हृदयघातका कारण एक नेपालीको मृत्यु

बिआरटीनेपाल २०७५ चैत २९ गते २३:५१ मा प्रकाशित

रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका एक नेपालीको ज्यान गएको छ । आठ वर्ष पहिले ईपीएस मार्फत कोरिया पुगेका काठमाडौँका ध्रुव भण्डारीको हृदयघातका कारण बिहीबार ज्यान गएको हो । ४७ वर्षीय भण्डारी कोरियाको छुंगछंग नाम्दो थाङ्जिन को हाप्तक एरियामा कार्यरत रहेको प्रवासी मजदुर संगठन कोरियाका सचिव मधुसुदन ओझाले जानकारी दिनुभयो ।

ओझालाई हृदयघात भएपछि उपचारको लागि छनान स्थिति थान्कुक युनिभर्सिटी अस्पतालमा भर्ना लगिएको थियो ।आफुलाई अत्याधिक दुखेको बताएपछि साथीहरुले उनलाई थान्जिनको एक अस्पतालमा भर्ना गरेका थिए ।

तर अवस्था गम्भीर भएको भन्दै त्यो अस्पतालले थान्कुक युनिभर्सिटी अस्पतालमा रेफर गरिदिएको थियो। आठ वर्ष पहिले ईपीएस मार्फत कोरिया पुगेका भण्डारी ३ वर्षदेखि बिनाभिसा काम गर्दै आएको बताईएको छ । ओझाका श्रीमती र चार जना छोराछोरी छन् । घटना बारे नेपाली राजदुताबास र परिवारलाई जानकारी गराइसकिएको पनि सचिव ओझाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू