अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३४ | Colorodo: 01:49

महिला सहयात्रा माइक्रोफाइनान्सलाई राष्ट्र संघको ग्लोवल अवार्ड

बिआरटीनेपाल २०७५ चैत ७ गते ९:३६ मा प्रकाशित

महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडलाई संयुक्त राष्ट्रसंघले ‘राजकुमारी विन्त अब्राहिम अल खालिफा ग्लोवल अवार्डले सम्मान गरेको छ । २०१९ मार्च ११ आयोजित संयुक्त राष्ट्र संघको ६३ औं महासभामा एक लाख डरलको पुस्कारसहित अवार्ड प्रदान गरेको छ ।

महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत डा सुमित्रा मानन्धर गुरुङलाई पुस्कार प्रदान गरेको छ । नेपालका अति दुर्गम र पिछडिएको क्षेत्रका २८ हजार भन्दा बदी महिलाहरुकबीच लघुवित्त सेवाका साथसाथै लघु उद्यम विकास सेवा मार्फत समुदायको आर्थिक तथा समाजिक विकास कार्यमा यस संस्थाले सक्रिय रुपमा कार्य गदै आइरहेको छ ।

राष्ट्रिय स्तरको उक्त वित्तीय संस्थाका २६ वटा शाखा कार्यालयहरु मध्ये २१ वटा शाखा कार्यालय अति विकट क्षेत्रमा लघुवित्त सेवाको माध्यमबाट महिला शसक्तिकरणका लागि सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू