अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०१ | Colorodo: 21:16

जलविद्युतमा लगानी गर्न प्रधानमन्त्रीको आव्हान

बिआरटीनेपाल २०७५ चैत ७ गते ९:२३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई आव्हान गर्नुभएको छ । जनताको जलविद्युत कार्यक्रम अन्तरगत त्रिशुली ‘बी’ जलविद्युत आयोजनाको सेयर खरिद गरी बिहीबार जनताको सेयर आवेदन शुभारम्भ गर्दै प्रधानमन्त्रीले यस्तो आव्हान गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले आफ्नो देश आफै बनाउने अभियान अन्तरगत जलविद्युतमा जनताको स–साना पूँजी संकलन गरेर ठूल्ठूला काम गर्न सकिन्छ भन्ने विश्वासका सो कार्यक्रम सुरु गरिएको स्पष्ट पार्नुभयो । नेपाल उर्जाको धनी देश भएको उल्लेख गर्दै पानीको सदुपयोग गरेर सम्पन्न हुन पनि सो नयाँ अभियानको सुरु गरिएको पनि स्मरण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाभिमानका साथ मुलुकलाई समृद्ध बनाउन पनि सरकारले सो अभियानलाई संचालनमा ल्याएको दावी गर्नुभएको छ । उहाँले सरकारले कृषि, पर्यटन लगायतको क्षेत्रमा पनि स–साना पूँजी परिचालन गरेर राष्ट्र निर्माण गर्ने विभिन्न अभियान संचालन गर्ने योजना अघि सार्नुभयो । भूतपूर्व शिक्षक, भूतपूर्व प्रहरी, भूतपूर्व सेनाहरुले पनि जल विद्युत आयोजनामा संगठित रुपमा लगानी गर्न सक्ने अवसर सरकारले प्रदान गर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले अभियानलाई नयाँ अभ्यासको रुपमा चित्रण गर्दै अभियानले स्वाभिमानका साथ मुलुकलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान दिने पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू