अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४६ | Colorodo: 08:01

द्वन्द्वका आठ बर्षमा तीन लाख ७० हजार सिरियाली मारिए

बिआरटीनेपाल २०७५ चैत २ गते ७:१६ मा प्रकाशित

सिरियामा आठ वर्षयता जारी युद्धको क्रममा तीन लाख ७० हजार व्यक्तिको मृत्यु भएको सिरियाली अधिकारीले जनाएका छन् ।मारिएका ती व्यक्तिहरुमा एक लाख १२ हजार सर्वसाधारणसहित तीन लाख ७० हजारको मृत्यु भएको अधिकारवादी समूहले  जानकारी दिएको छ ।

बेलायतसँग आवद्ध मानव अधिकार समूह ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’का अनुसार युद्धका क्रममा २१ हजार बालबालिका र १३ हजार महिला मारिएका जानकारी छ ।

सिरियामा सन् २०११ को १५ मार्चबाट सिरियाली सरकारको विरोध गर्दैे दक्षिण शहर दाराबाट शुरु भएका प्रर्दशन देशभरी फैलिएको र आठ बर्षसम्ममा लाखौँ मानिसको मृत्यु भएको र सिरियाको जनसङ्ख्याको झण्डै आधा भाग आन्तरिक तथा बाह्यरूपमा विस्थापित बनेका राष्ट्रसङ्घको तथ्याङ्क छ ।

यस आन्दोलनका कारण लाखौंको सङ्ख्यामा नागरिक तथा सैन्य लडाकूहरू घाइते भएका छन् । सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू