अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३१ | Colorodo: 18:46

भारतमा अप्रिल ११ देखि मे १९ सम्म आमनिर्वाचन

बिआरटीनेपाल २०७५ फागुन २६ गते ९:४७ मा प्रकाशित

छिमेकी भारतमा अर्को महिनादेखि आमनिर्वाचन हुने भएको छ । भारतका प्रमुख निर्वाचन आयुक्त सुनिल अरोराले आइतबार साँझ लोक सभाको चुनाव ७ चरणमा हुने जानकारी दिनुभएको छ ।
पहिलो चरणको मतदान अप्रिल १ मा हुनेछ भने सातौं चरणको मतदान मे १९ मा हुनेछ । विद्युतीय मतदान मेसिन प्रयोग गरेर हुने चुनावको मतगणना २३ बाट सुरू हुनेछ ।

५४३ सदस्यीय लोक सभाको चुनावमा ९० करोड मतदाता सहभागी हुनेछन् भने १० लाख मतदान केन्द्र बनाइनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू