अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४० | Colorodo: 21:55

हाम्रा वायुसेनाको प्रतिकारमा भारत भाग्यो – पाकिस्तान

बिआरटीनेपाल २०७५ फागुन १४ गते ८:४८ मा प्रकाशित

भारतीय सेना पाकिस्तानी भूमीमा प्रवेश गरेपछि पाकिस्तानले त्यसको प्रतिकार गरेको जनाएको छ । भारतले पाकिस्तानको सीमा क्षेत्रमा पसे पछि पाकिस्तानी सेनाले उसलाई भगाएको दावी गरेको हो । पाकिस्तानले भारतीय वायुसेनाले भारत–पाकिस्तान नियन्त्रण रेखा एलओसीको उल्लङ्घन गरेको आरोप लगाएको छ । पाकिस्तानी सेनाका प्रवक्ताका अनुसार मुजफ्फराबाद सेक्टरबाट भारतीय विमानले घुसपैठ गर्ने प्रयास गर्दै गर्दा पाकिस्तानी सेनाले कारबाही गरेको हो ।

सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ताले भनेका छन्, “भारतीय विमानहरूले मुजफ्फराबाद सेक्टरबाट घुसपैठ गरे पाकिस्तानी वायु सेनाको तर्फबाट तत्काल कारबाही भयो त्यसपछि उनीहरू भाग्न थाले ।” भाग्दै गर्दा हडबडाएर उनीहरूले केही बम खसाएको पाकिस्तानी सेनाको दाबी छ । त्यो बम जंगलमा खसेको र त्यसमा कुनै मानविय क्षति नभएको पनि जनाइएको छ । फेब्रुअरी १४ मा ४६ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आत्मघाती हमला पाकिस्तानले गराएको भारतले दाबी गर्दै आएको छ । कश्मीर विवादकै कारण दुई देशबीच सन् १९४७ र १९६५ दुईचोटि युद्ध भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू