अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५८ | Colorodo: 12:13

सामूहिक लगानी कोषमा आउन गैरआवासीय नेपालीलाइ अर्थमन्त्री खतिवडाको आग्रह

बिआरटीनेपाल २०७५ फागुन ९ गते ८:४५ मा प्रकाशित

नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । मन्त्री खतिवडाले गैरआवासीय नेपाली संघ युके ले आयोजना गरेको कार्यक्रममा गैरआवासीय नेपालीलाई नेपालमा लगानीको उपयुक्त अवसर भएको भन्दै सामूहिक लगानी कोष मार्फत लगानी गर्न आग्रह गर्नुभयो । उहाँले समस्या र सम्भावनाका बारेमा छलफल गर्न आफु युके आएको बताउनुभयो ।

नेपालीले उपयोग गर्न सक्ने र सुविधाका सामान मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलको भन्सारबाट लैजान सबैलाई आग्रह गर्दै उहाँले विमानस्थलमा भन्सार जाँचपास सहजीकरण भएको उल्लेख गर्नुभयो । ठुलो मुलुकमा चेकजाँँच हुँदा सामान्य मानिने भएपनि नेपालमा त्यही चेकजाँचको विषयलाई ठुलो बनाइएको उहाँको भनाई छ ।

इतिहासमै पहिलो पटक सरकार ७ प्रतिशत भन्दा वढीको आथिृक बृद्धि हुने उच्च लक्ष्यका साथ अगाडि बढेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमअफ) को प्रतिवेदनले पनि उक्त तथ्य देदाईसकेको बताउनुभयो । मुल्यबृद्धि चार प्रतिशतको वरिपरि मात्र रहेको भन्दै मन्त्री खतिवडाले आर्थिकबृद्धि समग्रमा वैदेशिक व्यापार बाहेक सरकारको वित्त स्थिति राम्रो भएको गैरवासीय नेपालीलाई अवगत गराउनुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरुले नेपालमा लगानीका बारेमा चासो राखेका थिए । २९ र ३० मार्च २०१९ मा नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीका लागि लन्डनमा आयोजित नेपाल विकास सम्मेलनमा सहभागी हुन अर्थमन्त्री खतिवडा मंगलबार लन्डन जानुभएको हो । सम्मेलनमा डा. खतिवडाले लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्न, समन्वय गर्न तथा नेपालमा आयोजना हुन गइरहेको नेपाल लगानी सम्मेलनलाई समेत सहयोग पुर्याउने उद्देश्य छ । । बेलायतस्थित नेपाली राजदुतावासद्वारा आयोजना हुने नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताको रुपमा अर्थमन्त्री खतिवडाले शुक्रबार सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू