अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१४ | Colorodo: 22:29

कांग्रेस कसैको पुख्र्यौली सम्पति होइन, कोइरालाहरु भन्दैमा हैसियत पाइँदैन – सभापति देउवा

बिआरटीनेपाल २०७५ फागुन ८ गते ८:३२ मा प्रकाशित

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस कसैको पुख्र्यौली सम्पति नभएको भन्दै कोइरालाहरु भन्दैमा पार्टीमा हैसियत नपाइने बताउनुभएको छ । बुधबार वीरगन्जमा पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले ‘आफूहरुले टाउको फोरेर स्थापित गरेको पार्टीमा केही व्यक्तिहरुले बाउ–बाजेको नामका आधारमा हैसियत खोजको’ आरोप लगाउनुभयो ।

पार्टी महामन्त्री डा. शशांक कोइरालाप्रति संकेत गर्दै देउवाले पार्टीमा कुनै योगदान नै नगरेका व्यक्तिले जे पायो त्यही बोल्दै हिँडेको आरोपसमेत लगाउनुभएको छ । पार्टीभित्र जे पायो त्यही बोल्दै हिँड्नेहरुमाथि कारबाही गर्ने उहाँले चेतावनी दिनुभयो । कार्यक्रममा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य अजय चौरसिया, फरमुल्लाह मन्सुर, गगन थापा, सुरेन्द्र चौधरी, रमेश रिजाललगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू