अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१२ | Colorodo: 20:27

भारतले आक्रमण गरे त्यसको जवाफ दिने पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी

बिआरटीनेपाल २०७५ फागुन ७ गते ८:२३ मा प्रकाशित

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमाथि आक्रमण गरे आफूले पनि त्यसको जवाफ दिने चेतावनी दिनुभएको छ । भारत काश्मिरको पुलवामामा गत १४ फरवरीका दिन भएको आतकंकारी आक्रमणको जिम्मेवार भारतले पाकिस्तानलाई ठहराउन नहुने भन्दै इमरानले भारतले पाकिस्तानमाथि आक्रमण गरे पाकिस्तानले त्यसको जवाफ दिने बताउनुुभयो ।

पुलवामा घटनापछि आज पहिलो पटक प्रतिक्रिया दिँदै पाकिस्तानी प्रधानमन्त्री इमरानले भारतमा भएको सो घटनाप्रति दुःख व्यक्त गर्दै भारतले विना छानविन सिधै पाकिस्तानलाई त्यसको दोषि भनेर आक्रमण गर्नु गलत भएको बताउनुभयो ।  पाकिस्तान स्थित एक आतकंकारी संगठनले पुलवामा आक्रमणको जिम्मा लिएपछि भारतले पाकिस्तानमाथि आक्रमण गर्ने चेतावनी दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू