अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१८ | Colorodo: 05:33

माल्टामा लिम्बुको अध्यक्षतामा एनआरएनए राष्ट्रिय समन्वय समिति गठन

बिआरटीनेपाल २०७५ फागुन १ गते १०:१२ मा प्रकाशित

लन्डन । माल्टामा तेज बहादुर लिम्बुको अध्यक्षतामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय समिति गठन गरिएको छ । कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष कुमार पन्तले कार्यसमितिमा चुनिएका पदाधिकारीलाई मङ्गलवार पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष पन्तले माल्टामा छरिएर रहेका नेपालीहरूलाई एकै सूत्रमा बाँध्ने कदमको सुरुवात गरेको बताउनुभयो । 

कुनै पनि मुलुकमा विभिन्न सम्भावना स्थापित गर्न सके समृद्ध बनाउन सकिने बताउँदै उहाँले भन्नुभयो, माल्टा जस्तो सानो मुलुकमा पनि अथाह सम्भावना भएरै हो आज हाम्रै ४ हजार बढी नेपाली दाजुभाइ दिदीबहिनी यहाँ बसोबास गरिरहनुभएको छ । यस्तै सम्भावना हाम्रो नेपालमा पनि छ ।

जसको सदुपयोगका लागि हामीले हातेमालो गरेर अघि बढ्न जरुरी छ । उहाँले माल्टामा गठित एनसीसीले सो क्षेत्रमा रहेका नेपालीलाई एकत्रित गरी आपसी भाइचारा अभिवृद्धिमा सघाउ पुर्‍याउने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले चुनिएका सम्पूर्ण पदाधिकारीलाई बधाई ज्ञापन गर्नुभयो । यसै बिच भेलाले तेज बहादुर लिम्बुको अध्यक्षतामा सङ्घको २५ सदस्सीय माल्टा राष्ट्रिय समन्वय समितिको तर्दश समिति गठन गरेको छ ।

यस्तै उपाध्यक्षहरू रेमलाल खनाल, कृष्ण थापा, महासचिव सन्देश केसी, सचिव शङ्कर पोखरेल, कोषाध्यक्ष सदिन पोखरेल, सहकोषाध्यक्ष सरिता राई चयन भए । भेलाले महिला संयोजक सुस्मा राई, युवा संयोजक रोशन गिरी र सदस्यहरूमा सुशील अधिकारी, वासुदेव अधिकारी, राजीव दाहाल, शङ्कर खत्री, कुश कुमारी गुरुङ, महेश्वर श्रेष्ठ, शङ्कर गुरुङ, मनिता शेढाई, नीरज ढकाल, प्रदीप काफ्ले, शिव शङ्कर राय, अर्जुन पौडेल, दीपक खनाल, वीरेन्द्र घिमिरे, मनिष अर्याल, अर्विन पौडेल चयन गरेको छ ।

भेलामा गैरआवासीय नेपाली सङ्घका सहकोषाध्यक्ष सोम सापकोटा, युरोप संयोजक शिव वरुवाल लगायतको उपस्थिति थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू