अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२५ | Colorodo: 13:40

हेलिकप्टर दुर्घटनामा ब्राजिलका चर्चित पत्रकारको मृत्यु

बिआरटीनेपाल २०७५ माघ २९ गते ८:४२ मा प्रकाशित

ब्राजिलका प्रख्यात समाचार बाचकको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । ब्राजिलको साउपालोमा भएको दुर्घटनामा ६६ वर्षीय समाचारबाचक रिकार्डो बोइचाटसहित हेलिकप्टर चालकको मृत्यु भएको हो । ब्राजिलको एक टिभीमा कार्यरत बोइचाट आफ्नो प्रत्यक्ष प्रशारण कार्यक्रम सकाएर हेलिकप्टर चढेको केही मिनेटमा नै दुर्घटना भएको हो ।

उनी चढेको हेलिकप्टर ब्यस्त बजारमा खसेर लरीसँग ठोकिएको थियो । बोइचाट निकै नै प्रख्यात पत्रकार रहनुका साथै ब्राजिलको इतिहासमा स्वरको धनीका रुपमा परिचित थिए । ब्राजिलको पत्रिकाबाट पत्रकारिता सुरु गरेका उनले पछिल्लो समय रेडियो र टेलिभिजनमा अन्तर्वार्ता गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू