अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 05:23

बैँक तथा वित्तिय संस्थाहरुले बढाएको व्याज नतिर्ने व्यवसायीको चेतावनी

बिआरटीनेपाल २०७५ माघ २९ गते ८:३० मा प्रकाशित

बैँक तथा वित्तिय संस्थाहरुले एकपक्षीय रुपमा व्याजदर बढाएको भन्दै बढेको ब्याजदर नतिर्ने गण्डकी धौलागिरी अञ्चलका सार्वजननिक यातायात व्यवसायीहरुले चेतावनी दिएका छन् । पोखरामा मंगलबार पत्रकार सम्मेलन गरेर व्यवसायीहरुले नेपाल राष्ट्रबैँकले दिएको निर्देशन विपरित बैँकहरुले मनोमानी ब्याजदर बढाएको बताउनुभयो । ९ प्रतिशतमा लिएको ऋणको ब्याज बढेर १६ प्रतिशतसम्म पुग्दा व्यवसाय नै चौपट भएको गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसाय समन्वय समितिका अध्यक्ष केदार पौडेलले बताउनुभयो ।

बैँकहरुकै एकाधिकारका कारण व्यवसायीले गुणस्तरीय सवारी साधन खरिद गर्न समेत नसकेको गुनासो गरेका थिए । व्यवसायीहरुले बैँकहरुलाई सरकारमार्फत व्याजदर घटाउन आग्रह गर्ने, यदि व्याज नघटाए बढेको ब्याज नतिर्ने उनीहरूको भनाई थियो ।

वित्तिय संस्थाहरुले एकतर्फी ढंगले उच्च रुपमा बढाएको व्याजदरका कारण सार्वजनिक सवारीम लगानी सुन्य जस्तै भईसकेको समितिका बरिष्ठ उपाध्यक्ष योगेन्द्र बहादुर केसीले बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै समितिका पूर्व अध्यक्ष बाबुराम गिरीले ऋणको ब्याज तिर्न नसकेर व्यवसयाीहरुले यातायातका साधन नै बैकलाई बुझाउनुपर्ने अवस्था आएको भन्दै दुख व्यक्त गर्नुभयो ।

सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बैँकको व्याजदर घटाउनका लागि दवाव दिँदा नागरिकलाई असर पर्ने गतिविधि नगर्न आग्रह गर्नुभयो । अध्यक्ष श्रेष्ठले व्याजदर घटाउने कुरामा पत्रकार महासंघको पनि ऐक्यवद्धता रहने बताउनुभयो ।

समन्वय समिति अन्तर्गत पृथ्वी राजमार्ग बस सञ्चालक समिति, गण्डकी ट्रक यातायात व्यवसायी संघ, पोखरा बस व्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति, स्थानीय श्रृंङ्गा यातायात व्यवसाय समिति, ट्याक्सी व्यवसाय समिति, गण्डकी ट्याक्टर व्यवसायी समिति र गण्डकी मिनिट्रक सञ्चालक समिति आवद्ध रहेका छन् । यसअघि पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ, पोखरा च्याम्बर अफ कमर्शले पनि बैँक तथा वित्तिय संस्थाहरुले बढाएको व्याजदरप्रति ध्यानाकर्षण गराईसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू