अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 03:29

टर्कीमा नेपाल पर्यटकीय प्रवद्र्धन मेला

बिआरटीनेपाल २०७५ माघ २३ गते ४:३४ मा प्रकाशित

टर्कीमा नेपालका पर्यटकीय गन्तव्यबारे प्रवद्र्धन गरिएको छ । पूर्वी भूमध्य अन्तर्रा्ष्ट्रिय पर्यटन र यात्रा मेला (इएमआइटीटी)को २३ औँ सस्ंकरणमा नेपालले टर्कीका दर्शकलाई विभिन्न पर्यटकीय गन्तव्य र उत्पादनको प्रदर्शनी गरी जानकारी गराएको हो ।

यही ३१ जनवरीदेखि ३ फेब्रुअरीसम्म टर्कीको राजधानी इस्तानबुलमा सम्पन्न उक्त मेलामा नेपालको सहभागिता पर्यटन व्यवसाय नेटवर्किङका हिसाबले फलदायी भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । मेलामा नेपालले इएमआइटीटी २०१९ को सबैभन्दा सहयोगी स्टैंडको पुरस्कार पनि हात पारेको छ । टर्कीको बढ्दो आउटबाउन्ड र राम्रो हवाई सञ्जालका कारण हालैका वर्षमा धेरै एशियाली देशका लागि राम्रो स्रोत बजारको रुपमा स्थापित भएको छ । नेपाल पनि यीमध्ये एक हो ।

बोर्डले टर्कीमा नेपाल प्रवद्र्धनका लागि केही वर्षदेखि निरन्तर रूपमा इएमआइटीटीमा सहभागिता जनाउँदै आएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा राम्रो बजारीकरण रणनीतिका साथ यसको उपस्थिति विस्तार गर्न र नयाँ स्रोत बजारको खोजी भइरहेको बताउनुभयो ।

इएमआइटीटीमा बोर्डले गन्तव्य मार्के्टिङ कार्यशाला र बीटुबी सञ्जाल सत्रमा उपस्थिति जनाएको थियो । अन्तर्रा्ष्ट्रिय अपरेटरको गन्तव्यसूचीमा नेपाललाई राख्न बोर्डका पदाधिकारीले अनुरोध गरेका थिए । नेपालको कक्षले ५०० भन्दा बढी ट्रेड भिजिटर प्राप्त गरेको थियो भने १० हजारभन्दा बढीले ती कक्षको अवलोकन गरेका थिए । इस्तानबुल र काठमाडौँबीचको सिधा हवाई सम्पर्कले टर्कीस पर्यटकको आगमन नेपालमा बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू