अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३ | Colorodo: 07:38

गजल

आचार्य प्रभा २०७५ माघ १० गते ९:०५ मा प्रकाशित

हेर्दा हेर्दै अन्जानमा लुटाएछु जवानी
समेट्न नै खोज्दै थिएँ जीवनको त्यो खुसी |

साँच्दा साँच्दै बैँसलाई जोगाएर आफैले
दिनदिनै झर्नै लाग्यो अनमोल जिन्दगी |

आशा थियो जीवनमा निरोगी भई बाँचुला
तर भयो साथी आफ्नो हरपल औषधी|

जब सुन्छु कागहरू कराएको ठुटोमा
देख्न थाल्छु आँगनमा उभिएको हुलाकी |

आजकल जताततै देखावटी छन् माया
कहाँ खोज्नु अजम्बरी स्वच्छ चोखो पिरती |