अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५० | Colorodo: 07:05

राष्ट्रिय सहमतिले मात्र राजनीतिक स्थायित्व सम्भवः प्रचण्ड

बिआरटीनेपाल २०७५ पुष २७ गते ८:३६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले दलहरुवीच राष्ट्रिय सहमति कायम गरेकाले नै राजनीतिक स्थायित्व सम्भव भएको बताउनुभएको छ । शुक्रबार गोरखाको आरुघाटमा दोस्रो आरुघाट महोत्वसको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आपसी सहमतिमा शान्ति प्रक्रिया टुङ्ग्याएर विश्वमा नयाँ सन्देश दिएको उल्लेख गर्नुभयो ।

शान्ति प्रक्रियाका केही कामहरु पनि आपसी सहमति र छलफल गरेरै सम्पन्न गर्ने उहाँको भनाई छ । अध्यक्ष प्रचण्डले वर्तमान संविधानलाई इतिहासकै अब्बल संविधानको संज्ञा दिँदै संविधानमा शिक्षा, स्वास्थ्य, रोजगार लगायतका बिषय मौलिक हकका रुपमा समावेश राष्ट्रिय सहमतिबाट सम्भव भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले विकास र समृद्धिको एजेण्डालाई राष्ट्रिय सहमतिका साथ अगाडि बढाउनुपर्ने धारणा समेत व्यक्त गर्नुभएको छ । आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी विगतका कामहरुको समीक्षा गर्दै गल्ती कमजोरी सच्याउन प्रतिबद्ध रहेको प्रचण्डको भनाई थियो ।

उहाँले सबै मिलेर देशलाई समृद्धितिर लैजानुपर्ने र वर्तमान सरकारलाई ऐतिहासिक अवसर रहेको पनि उल्लेख गर्नुभयो । आरुघाटमा आफ्नो उर्जाशील समय बिताएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले सम्पूर्ण रुपले देश र जनताको पक्षमा आफूलाई समाहित गर्ने संकल्प सहित निर्णय लिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू